काठमाडाैं । निजामती विधेयकबाट ‘कुलिङ पिरियड’ नराख्न लविङ गर्दै मुख्य सचिव र सचिवहरूले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई भेटेका छन् ।
बिहीबार मुख्य सचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेका हुन् ।
भेटमा मुख्यसचिव अर्याल, संसद्का महासचिव पद्यप्रसाद पाण्डे र सचिवसहित करिब २० जना थिए । उनीहरूले दिउँसो १ बजेतिर सभामुखलाई भेटेका हुन् ।
सचिवहरूको टोलीले निजामती विधेयकबाट कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउन माग गरेको छ । निजामतीलाई मात्र लक्षित गरेर ल्याइएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थाले अन्याय भएको उनीहरूको दावी छ ।




















प्रतिक्रिया