काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानी विदेशमन्त्री इवाया ताकेसीबीच भेटवार्ता भएको छ। बिहीबार राजधानी टोकियोस्थित विदेश मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।
भेटमा परराष्ट्रमन्त्री डा.राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।




















प्रतिक्रिया