काठमाडौं । नेपालको दुर्गम हिमाली भूभागमा आयोजित ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट २०८२’ सम्पन्न भएको छ । नेपाल प्रेस युनियनद्वारा आयोजित यस समिटमा रिडारा नेपाल गाडीले महत्वपूर्ण यातायात सहयोग प्रदान गर्दै पत्रकारहरूको कठिन हिमाली यात्रा सहज बनाएको हाे ।
रिडारा गाडीलाई नेपालमा चौधरी ग्रुपको सिजी मोटर्सले आधिकारिक रूपमा बिक्री वितरण गरिरहेको छ। हिमाली भेगको चुनौतीपूर्ण भूभागमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमताका कारण रिडारा गाडी यो यात्रामा उपयोगी सावित भएको हो।
रिडारा नेपाल गाडीको आधिकारिक वितरक सिजी मोटर्सले यो समिटका लागि काठमाडौँदेखि पोखरा, जोमसोम हुँदै लोमान्थाङ र कोरोलानाका सम्मको यात्रा तय गर्ने पत्रकारहरूलाई सुरक्षित र भरपर्दो सवारी सुविधा उपलब्ध गराएको हो । हिमाली क्षेत्रको चुनौतीपूर्ण भूगोलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्षमताका कारण रिडारा गाडी प्रभावकारी सावित भएको आयोजकहरूले जनाएका छन् ।
वैशाख २६ देखि ३० गतेसम्म आयोजित यस समिटमा काठमाडौँ, पोखरा, जोमसोम हुँदै लोमान्थाङसम्मको यात्रा समावेश थियो । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार, सञ्चारकर्मी, नागरिक समाज, संघीय तथा प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय सरकारका प्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता, विकासकर्मी र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
समिटको समापनमा ‘लोमान्थाङ घोषणा’ जारी गरिएको थियो, जसमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटका विषयमा सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो । घोषणामा नेपालको संविधानले सुनिश्चित गरेका अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हकलाई पुनः पुष्टि गर्दै जलवायु संकटलाई राष्ट्रिय राजनीतिक प्राथमिकताका रूपमा लिनुपर्ने आवश्यकता औंल्याइएको छ।
रिडारा नेपाल गाडीको सहयोगले यसले पत्रकारहरूलाई समयमै कार्यक्रमहरूमा सहभागी हुन र स्थानीय समुदायसँग अन्तरक्रिया गर्न मद्दत पुर्याएको छ। यस प्रकारको सहयोगले पत्रकारिता क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
समिटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि बढ्दो खतरा रहेको उल्लेख गर्दै, पत्रकारहरूको अधिकार र सुरक्षालाई सुनिश्चित गर्न आवश्यक कदमहरू चाल्नुपर्नेमा जोड दिएका थिए । साथै, उनले जलवायु परिवर्तनको प्रभावलाई ध्यानमा राख्दै, मिडियाको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
यस समिटले लोकतन्त्र, प्रेस स्वतन्त्रता, र जलवायु संकटका विषयमा गहन छलफल र प्रतिबद्धता व्यक्त गरेको छ । रिडारा नेपाल गाडीको सहयोगले पत्रकारहरूको यात्रा सहज बनाएको र समिटको सफलतामा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यस प्रकारको सहकार्यले भविष्यमा पनि पत्रकारिता क्षेत्रको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।




















प्रतिक्रिया