काठमाडौं । गायक सुगम पोखरेलको नयाँ गीत ‘यो कथा हो मेरो’ सार्वजनिक भएको छ । गीतमा शब्द, सङ्गीत र स्वर समेत सुगमकै छ ।
गीतको भिडियोमा युवादेखि वयस्कसम्मका कथा देखाउन खोजिएको छ । भिडियोमा अन्जु रिजाल, मिलन कार्की, स्नेहा जोशी, सन्तोष गिरी, सफर पोखरेल, नूर खनाल लगायतको अभिनय छ । गीतको सङ्गीत संयोजन सुगम आफ्नैले गरेका हुन् ।
योगेश दाहालको छायाङ्कन तथा सम्पादन रहेको भिडियोको निर्देशन सुशान्त गौतमले गरेका हुन् । हाम्रै समाजका केहि प्रतिनिधि कथाहरू गीत तथा भिडियोमा समेटिएको गायक सुगमले बताए ।
उनले दर्शक तथा श्रोताहरूले गीतलाई मन पराउने आशा व्यक्त गरे । गीतको भिडियोलाई गायक सुगम पोखरेल आफ्नो आधिकारिक युट्युब मार्फत सार्वजनिक गरेका छन् ।





















प्रतिक्रिया