Logo

प्रमुख समाचार

नाट्य प्रज्ञा प्रतिष्ठानले गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै



काठमाडौँ । गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले २ लाख रुपैयाँ नगद र ताम्रपत्रसहित उनलाई यो सम्मान दिन लागेको हो ।

५ दशकदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील श्रेष्ठले १८ वर्षको उमेरमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गर्दै साङ्गीतिक करियर थालेका थिए ।

श्रेष्ठले रेडियो नेपालबाट २०२७ साल र २०२८ सालमा पुरुषतर्फ उत्कृष्ट गायन उपाधि र २०३० सालमा स्वर्ण पदक प्राप्त गरेका थिए । उनले ४०० सयभन्दा बढी गीत गाएका छन् ।

प्रतिष्ठानले सोही अवसरमा ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ गायिका कुन्ती मोक्तान, वरिष्ठ सङ्गीत संयोजक राजु अग्रवाल, वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, वरिष्ठ रंगकर्मी हरिबहादुर थापा र वरिष्ठ नाटककार वेदकुमारी न्यौपानेलाई प्रदान गर्ने भएको छ ।

सम्मान र पुरस्कार यही असार ११ गते राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमका बिच बितरण हुँदैछ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार ०८:३९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।