Logo

अर्थ

सुनचाँदीकाे मूल्य सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहिबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार ५ सयमा काराेबार भईरहेको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज २५ रुपैयाँले घट्दै प्रतितोला २ हजार २ सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार ११:२५   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।