Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, ११ अर्ब २३ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २४.७६ अंकले बढेर २६२८ को विन्दुमा कायम भएको छ ।

आज ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ ।

आज ११ अर्ब २३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ८५ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५८ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १५:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।