काठमाडौं । शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार छापावाल सुन तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच महासंघले सुनमा विलासिता कर साउन १ गतेदेखि मात्रै लागू हुने स्पष्ट पारेको छ ।




















प्रतिक्रिया