Logo

प्रमुख समाचार

अभिनेत्री रेखाले सुरु गरिन् कार्यक्रम ‘दोस्रो अध्याय’



काठमाडौँ । अभिनेत्री रेखा थापाले ‘दोस्रो अध्याय’ नामक कार्यक्रम सुरु गरेकी छन् ।

उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत उक्त कार्यक्रम सुरु गरेकी हुन् ।  कार्यक्रम कुराकानीमा आधारित रहेको थापाले बताइन् ।

उनका अनुसार स्वास्थ्य तथा शिक्षाका विषयमा आधारित रहेर निर्माण भएको कार्यक्रमको पहिलो भाग बिहीबार प्रसारण भएको छ ।

यो भागमा उनले ‘गर्भवती महिलालाई के ज्ञान वा के शिक्षा चाहिन्छ ?’ भन्ने विषयमा डा.ज्योत्सना शर्मा तिवारीसँग कुराकानी गरेकी छन् ।

‘दोस्रो अध्याय’ केवल एक कार्यक्रम मात्र नभएर आफ्नो  यात्रा समेत भएको रेखाले बताइन् । ‘सबै आमाहरूको, जसको जीवन आमा भएपछि नयाँ बाटोमा हिँड्छ ।

यो शृङ्खलामा, म डाक्टरहरूसँग, आमाहरूसँग र जीवनका विभिन्न पाटोहरूसँग जोडिएका पात्रहरूसँग कुराकानी गर्छु’, उनले भनिन्, ‘गर्भधारणदेखि प्रसूति र आमाको आत्मबलसम्म सबै कुरा खुल्दुली पाराले खोतल्छु ।’

कार्यक्रम दर्शकको ध्यानलाई मध्यनजर गरेर निर्माण गर्ने उनले सुनाइन् ।

 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार १९:४०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।