Logo

प्रमुख समाचार

दुर्गेश थापाको ‘दुस्मन हेरेको हेर्‍यै’ सय मिलियनमा प्रवेश



काठमाडौँ । दुर्गेश थापाको गीत ‘दुस्मन हेरेको हेर्‍यै’ युट्युबमा सय मिलियनमा प्रवेश अर्थात दश करोड क्लबमा प्रवेश गरेको छ । रिलिज भएको पाँच महिनामा नै गीतले यो उपलब्धि हासिल गर्न सफल भएको हो ।

सफलताबारे जानकारी दिँदै थापाले सामाजिक सञ्जालमा ‘दुस्मन हेरेको हेर्‍यै’ लेखेर सय मिलियनको पोष्टर सार्वजनिक गरेका छन् ।

उनि लेख्छन्ः
हिजो विश्व सङ्गीत दिवस थियो र सोहि दिन यो ऐतिहासिक क्षण बनेको छ ।
म भावुक छु, अभिभूत छु‘ किनभने हजुरहरू — मेरो भगवान दर्शकहरू — ले दिनुभएको माया, साथ र आशीर्वादले हाम्रो सृजना एउटा असाध्यै ठूलो उचाई चुम्न सफल भयो।
🎉 “दुश्मन हेरेको हैरै” 🎉
५ महिनामै १०० मिलियन भ्युज पार
आज म खुशी छु —तर मलाई थाहा छ,
मभन्दा कैयौं गुणा हजुरहरू खुशी हुनुहुन्छ, किनभने यो हाम्रो विजय हो, हाम्रो गर्व हो।
हजुरहरूले दिएको यो सम्मान केवल भ्युजको संख्या होइन,
यो सपना पुरा भएको दस्तावेज हो,
हजुर हरूले दिनु भएको परिचय अझै चम्किलो बनेको छ।
“दुर्गेश थापा” नाम होइन — ब्राण्ड हो, ब्राण्ड१ू
सधैको साथ, माया, समर्थन र भगवानसरहको उपस्थिति दिनुभएकोमा म मेरो शीर झुकाएर मेरो भगवान रूपि दर्शकहरू प्रति कृतज्ञता व्यक्त गर्दछु।
🙏 हजुरहरू नभइ यो सम्भव थिएन।
❤️ हजुरहरू सँगै छु, त्यसैले सम्भव छ ।

गीतमा थापासहित आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको छ । त्यस्तै, म्युजिक भिडियोमा प्रियंका कार्की, कविता नेपाली, पेमा लामा र सहदेव श्रेष्ठको अभिनय रहेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आईतवार २१:१४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।