Logo

अर्थ

आज सुनको मूल्य स्थिर



काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको मूल्य भने आइतबारको तुलनामा १० बढेको छ । आइतबार चाँदी तोलामा २ हजार १६० रुपैयाँ कायम भएको थियो ।

आज तोलामा २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार ११:१९   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।