Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकबाट बाहिरिँदै ३ जना संस्थापक सेयरधनी



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका तीन जना संस्थापक शेयरधनी बाहिरिने भएका छन् । बैंकका संस्थापक शेयरधनी ओसिन बतास, विश्व प्रकाश गुरुङ र बलराम श्रेष्ठ बाहिरिने भएका हुन् ।

उनीहरू आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका छन् । बतासले २५ हजार ७५९ कित्ता, गुरुङले २५ हजार ७५९ कित्ता र श्रेष्ठले ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।

उनीहरूले सेयर बिक्री गर्ने भन्दै राखी निवेदन दिएका थिए । उक्त निवेदन सञ्चालक समितिको विभिन्न बैठकमा पेश हुँदा रित पुर्‍याई बिक्री गर्ने प्रक्रिया अघि बढाउने निर्णय भएकोले उक्त संस्थापक सेयर बिक्रीमा ल्याएको बैंकले जनाएको छ ।

हाल कायम यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेका संस्थापक शेयरधनीहरुले शेयर खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार ११:१८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।