Logo

अर्थ

६ हजार ७ सय किलोमिटर टाटा कर्भ ईभीमा यात्रा गरेर फर्किए दुई युवा



काठमाडौं । टाटाको कर्भ ईभी चलाएर भारतको कन्याकुमारी पुगी दुई युवा काठमाडौं नै फर्किएका छन् । १५ दिनमा अवाशिष ओझा र विजय कशजूले ६ हजार ७ सय किलोमिटर यात्रा पूरा गर्दै काठमाडौंबाट कन्याकुमारी पुगेर पुनः फर्किने साहसिक अभियान सफल पारेका हुन् ।

उनीहरुले जेठ २२ गते काठमाडौंस्थित टाटा मोटर्सको प्यासेन्जर कार शोरुम, थापाथलीबाट यात्रा सुरू गरेका थिए । सिप्रदी ट्रेडिङले उक्त अभियानलाई प्रोत्साहन गर्न दुई युवालाई विदाइ गरेको थियो ।

दक्षिण भारतको कन्याकुमारी पुगेर फर्कँदा उनीहरुले लिएर गएको टाटा कर्भ ईभीले ६ हजार ७ सय किमि यात्रा तय गरेको बताएका हुन् ।

ओझाले यात्राको क्रममा सडकको अवस्था अनुसार कर्भ ईभीले फुल चार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिएको जनाए । उनीहरुले साढे २ सयदेखि ३ सय किमि पूरा गर्नेबित्तिकै चार्ज गरेकाले पूर्णरेन्ज भने टेस्ट गर्न नपाएको भनाइ थियो । चार्जिङ स्टेसन पाउन त्यति सहज नहुने भएकाले आधा ब्याट्री बाँकी हुँदा नै चार्ज गर्नुपर्ने अवस्था भएको ओझाले बताए ।

कर्भ ईभीको १ सय ८६ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। एसयूभी कुपे डिजाइनमा रहेको कर्भ इभी लेभल-२ एडीएएस, प्यानोरामिक सनरुफ, भीटूएल टेक्नोलोजीलगायत अत्याधुनिक सुरक्षा र सुविधा छन् ।

सिप्रदीले नेपाल ल्याएको कर्भ ईभी ठूलो ब्याट्री क्षमताको हो । यसमा ९८ किलोवाट मोटर पावर छ भने ५५ किलोवाट आवरको ब्याट्री छ । नेपालमा टाटाले नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभीपछि कर्भ नेपाली बजारमा ल्याएको हो। कर्भ ईभीको टप भेरियन्टको मूल्य ५६ लाख ९९ रुपैयाँ तोकिएको छ ।

 

 

प्रकाशित मिति : १० असार २०८२, मंगलवार १३:०७   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।