विराटनगर । विराटनगर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८२/०८३ का निम्ति ४ अर्ब ४० लाख रुपैयाँको बजेट ल्याएको छ । नगरसभाको १६औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले नीति तथा कार्यक्रम र विनियोजित बजेट प्रस्तुत गरेकी हुन् ।
महानगरले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिएको छ । बजेटको स्रोत भने वित्तीय समानीकरण अनुदान संघ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँटबाट एक अर्ब १९ करोड २० लाख, आन्तरिक राजस्वबाट एक अर्ब ४० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।
यस्तै, नगद मौज्दात १४ करोड, संघीय सरकारको ससर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेशको ससर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट एक करोड ५० लाख र अरू संघसंस्थाबाट १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।




















प्रतिक्रिया