काठमाडाैं । एमजी मोटर्स नेपाल (MG Motors Nepal)ले आफ्ना ग्राहकहरूलाई थप सहज र किफायती सेवा प्रदान गर्ने उद्देश्यले १०० भन्दा बढी स्पेयर पार्ट्सहरूको मूल्य औसत ३० प्रतिशतले घटाउने घोषणा गरेको छ । कम्पनीले ग्राहकको स्वामित्व अनुभवलाई अझ सहज बनाउने उद्देश्य राखेको छ ।
एमजी मोटर्स नेपालको आधिकारिक आयातक तथा वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि.ले आफ्नो बिक्रीपछि सेवा प्रणाली सुधार गर्दै नयाँ योजना सार्वजनिक गरेको हो । कम्पनीले लजिस्टिक्स प्रक्रिया पुनरावलोकन गरेर आपूर्ति श्रृंखलामा सुधार गर्दै लागत घटाएको र त्यसको प्रत्यक्ष लाभ ग्राहकलाई दिएको जनाएको छ ।
यसैगरी, एमजी मोटर्स नेपालले सेवा पहुँचलाई राष्ट्रव्यापी बनाउन निरन्तर लगानी गर्दै आएको छ । काठमाडौँ उपत्यकामा ३ वटा पूर्ण-सुविधायुक्त सेवा केन्द्र र देशभर फैलिएको डिलरशिप नेटवर्कमा १२ भन्दा बढी अतिरिक्त सेवा केन्द्रहरूको साथ कम्पनीले ग्राहकहरूलाई अद्वितीय सहजता र सहयोग प्रदान गर्दै आएको छ ।
कम्पनीका प्रवक्ताले भने, ‘एमजी मोटर्स नेपालमा, हाम्रा ग्राहकहरूको विश्वास नै हाम्रो मार्गदर्शक हो। स्पेयर पार्ट्सको मूल्य घटाउनु र सेवा पहुँच विस्तार गर्नु हाम्रो ग्राहकप्रतिको समर्पणको प्रतिबिम्ब हो। यो सुरुवात मात्र हो, हामी अझै थप सुधारका लागि क्रियाशील छौं।’
एमजी मोटर्स नेपालले आफ्नो उत्पादनमा अत्याधुनिक प्रविधि र विश्वसनीयतालाई जोड दिँदै, ग्राहकहरूको हरेक यात्रालाई विश्वासिलो बनाउने प्रण दोहोर्याएको छ । स्पेयर पार्ट्सको मूल्य घटाउने यो निर्णयले ग्राहकलाई सुलभ सेवा र दीर्घकालीन लाभ प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।




















प्रतिक्रिया