Logo

अर्थ

ओमोडा मेगा मनसुन अपग्रेड सुरू, १ वर्षका लागि शून्य प्रतिशत ब्याजदर



काठमाडाैं । ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले मनसुन लक्षित देशव्यापी ‘मेगा मनसुन अपग्रेड’ योजना सार्वजनिक गरेको छ ।

ओमोडा एन्ड जेइको ब्रान्डका गाडीहरूमा जुनसुकै ब्रान्डको पुरानो गाडी एक्सचेन्ज गर्दा १ वर्षको लागि शून्य ब्याजदर, आकर्षक नगद छुट र एक्सचेन्ज बोनस उपलब्ध हुनेछ । यो योजना असार ११ गतेदेखि लागु हुनेछ ।

देशभर सञ्चालन हुने यो मनसुन अपग्रेड अफरले नयाँ इलेक्ट्रिक गाडीमा अपग्रेड हुन चाहने ग्राहकहरूलाई वित्तीय सहजता थप्नुका साथै विविध फाइदाहरू प्रदान गर्नेछ । यस योजना अन्तर्गत ग्राहकहरूले मात्र २० प्रतिशत डाउनपेमेन्टमा ओमोडा र जेइको दुवै ब्रान्डको गाडी खरिद वा एक्सचेन्ज गर्न सक्नेछन् ।

योजना अवधिभर गाडी खरिद वा एक्सचेन्ज गर्ने ग्राहकहरूले ७ किलोवाट क्षमताको एसी चार्जर, १ वर्षको नि:शुल्क अटो प्लस इन्स्योरेन्स र मोटर तथा ब्याट्रीमा ८ वर्षको एक्सटेन्डेड वारेन्टी प्राप्त गर्दै निर्धक्क स्वामित्व अनुभवको लाभ लिन सक्नेछन् ।

पुराना गाडी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ भने नयाँ इभी खरिद गर्दा १ वर्ष सम्म शून्य ब्याजदरसहित ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा पनि उपलब्ध हुनेछ। साथै, गाडी खरिद गर्दा ग्राहकहरूले सोझै नगद लाभ पनि प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १२:३५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।