Logo

अर्थ

कृषिमन्त्री अधिकारी भन्छन्- मलको हाहाकार सधैं हुन्छ, तर जिम्मेवारीमा बसेपछि चिन्ता नगर्नुस् आउँछ भन्नैपर्छ



काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले मुलुकमा रासायनिक मलको अभाव सधैं रहने स्वीकार गरेका छन् । नेपाल डेरी एसोसिएसनद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले आर्थिक तथा संरचनागत सीमितताका कारण माग अनुसार मल आपूर्ति सम्भव नभएको स्पष्ट पारे ।

उनले भने, ‘मलको त हाहाकार छ नि भन्छन्, छ हुन्छ, जो मन्त्री भएपनि हुन्छ। गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो। जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन। बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ । एक चौथाइ मलले हामीले किसानलाई समयमै मल पुर्‍याउन सम्भावना नै छैन । तर, जिम्मेवारीमा बस्दा चिन्ता नगर्नुस्, मल आउँछ भन्नैपर्छ ।’

मुलुकको कृषि उत्पादनमा मलको अभावले गम्भीर असर पारिरहेको सन्दर्भमा मन्त्री अधिकारीको यो भनाइले मल आपूर्तिमा दीर्घकालीन समाधानको आवश्यकता औंल्याएको छ ।

 

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १७:००   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।