Logo

अर्थ

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ्ग प्रणालीकाे अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट ३० अर्ब तान्ने भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको हाे । राष्ट्र बैंकले आजै अर्थात् असार १५ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम ६३ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन्  । बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् ।

प्रकाशित मिति : १५ असार २०८२, आईतवार ११:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।