Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको वृद्धि



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२ को विन्दुमा कायम भएको छ ।

आज १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ ।

आज ७ अर्ब १२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जाको सेयर कारोबार भएको छ । यस कम्पनीको ५७ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३४ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १५ असार २०८२, आईतवार १५:२४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।