Logo

अर्थ

लोकप्रिय बन्दै ‘वाइवाइ क्वीक हट एण्ड स्पाइसी’

वार्षिक २० प्रतिशतको वृद्धिदरका साथ विश्वभरका नेपालीको स्वाद



काठमाडाैं । सीजी ग्रुपद्वारा उत्पादित ‘वाइवाइ क्वीक हट एण्ड स्पाइसी’ उत्पाद हाल देशभर तीव्र रुपमा लोकप्रिय बन्दै गएको छ। करिब चार वर्षअघि कोभिड महामारीको समयमा सार्वजनिक गरिएको यो उत्पादन हाल सहरदेखि गाउँसम्म, सुपरस्टोरदेखि किराना पसलसम्म उपभोक्ताको प्राथमिक रोजाइ बन्न पुगेको छ।

उपभोक्ताको बदलिँदो स्वाद र जीवनशैलीलाई मध्यनजर गर्दै तयार पारिएको ‘हट एण्ड स्पाइसी’ संस्करण स्वादका साथसाथै गुणस्तरमा पनि विशेष छ। यसको प्रमुख विशेषता भनेको नेपालमै उत्पादित प्रख्यात अकबरे खुर्सानीको प्रयोग हो, जुन इलाम, ताप्लेजुङ, धनकुटा लगायत पहाडी जिल्लाका किसानहरूले उत्पादन गरेका हुन्। स्थानीय तेल र मसला प्रयोग गरेर तयार पारिएको यस चाउचाउले उपभोक्तालाई नेपालीपनको झल्को दिने स्वाद प्रदान गर्छ ।

यो चाउचाउमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र मिनिरल्स समेत समावेश गरिएकाले यसले उपभोक्तालाई स्वाद र स्वास्थ्य दुवै प्रदान गर्ने कम्पनीको दाबी छ । विशेषगरी युवा पुस्तालाई लक्षित गरी तयार पारिएको यो उत्पादन १०० ग्रामको प्याकमा ५० रुपैयाँमा बजारमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ। साथै, यसको १० प्याकेट र २० प्याकेटको कार्टुन विकल्पसमेत बजारमा ल्याइएको छ ।

वाईवाई हट एण्ड स्पाइसीको प्याकेजिङ हालको ‘जेन जेड’ पुस्तालाई लक्षित गरेर एआइ प्रविधिको प्रयोगमार्फत डिजाइन गरिएको हो । यसले नयाँ पुस्तालाई आकर्षित गर्न सफल भएको कम्पनीको विश्वास छ ।

वर्तमानमा नेपाली बजारको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको वाइवाइले अन्तर्राष्ट्रिय बजारमा पनि करिब ४ प्रतिशत हिस्सा कब्जा गरिसकेको छ । हरेक वर्ष झन्डै २० प्रतिशतको दरले वृद्धि भइरहेको यसको अन्तर्राष्ट्रिय व्यापारले नेपाली उत्पादन पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने प्रमाणित गरेको छ ।

‘क्वीक हट एण्ड स्पाइसी’ संस्करणले वाइवाइ ब्रान्डलाई अझ सशक्त बनाउँदै नेपालकै स्वाद र सन्देशलाई विश्वभर पुर्‍याउने अभियानमा टेवा पुर्‍याएको छ । यो चाउचाउ केवल चाउचाउ मात्र नभई नेपाली सफलताको प्रतीक बनेको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार १६:४१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।