Logo

अर्थ

यामाहा नेपालले मनायो यामाहा ग्लोबलको ७०औं वार्षिकोत्सव



काठमाडौं । यामाहा ग्लोबलले मंगलबार ७०औं वार्षिकोत्सव मनाएको छ । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाउने गर्दछ। विश्वभरि यो दिवस यामाहाको इन्जिनियरिङ, मोटरस्पोर्ट्स र संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ ।

यस वर्ष यामाहाले ‘ब्रिजिङ ओल्ड एन्ड न्यु, थ्रु कान्डो एक्सन्स’ भन्ने मूल नारासहित ७०औं वार्षिकोत्सव मनाइरहेको छ । नेपालमा यो उत्सव अझ विशेष र भावनात्मक बनेको कम्पनीले जनाएको छ । किनकि, यसले यामाहाको गौरवशाली इतिहास मात्र होइन, पुस्तौंदेखि नेपाली राइडरहरूसँग गाँसिएको बलियो सम्बन्धलाई पनि सम्मान गरिरहेको कम्पनीको भनाइ छ ।

यस वर्षको उत्सव विभिन्न सामाजिक तथा वातावरणीय उद्देश्य सहित सम्पन्न भइरहेको छ । एमएडब्लू फाउन्डेसनको संयोजनमा नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रमदेखि फ्याक्ट्री परिसरमा गरिएको वृक्षारोपण अभियानले यामाहाको दिगोपन प्रतिको प्रतिबद्धता उजागर गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यामाहा ब्लुस्ट्रिक्स राइडआउटको समापन पनि एक विशेष सामुदायिक सेवामूलक गतिविधिबाट हुनेछ, जसले समाजप्रति यामाहाको जिम्मेवारीलाई पुनः पुष्टि गर्छ । देशभरिका सबै शोरूममा केक काट्ने कार्यक्रमका साथसाथै सडक सुरक्षा तालिम पनि आयोजना गरिने छन् ।

यस अवसरमा यामाहा नेपालले यो ७० वर्षको यात्रा केवल एक उत्सवमात्र नभई, सबैको साझा उद्देश्य र जोशको प्रतीक बनोस् भन्ने चाहनासाथ आफ्ना ग्राहक, शुभेच्छुक, सरोकारवाला र समुदायलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखेको छ ।

‘यामाहाले ७० वर्षको गौरवपूर्ण यात्रा पूरा गरिरहँदा नेपालमा यसको यात्रा विश्वासको जगमा आधारित रहँदै इनोभेसनले सञ्चालित विश्वव्यापी भावनाको साहसिक प्रतिविम्ब बनेको छ । नेपालको विविध भूगोल र पुस्ताबीच यामाहा केवल मोटरसाइकल होइन, यो स्वतन्त्रता, भरोसा र प्रगतिको प्रतीक बनेको छ,’ यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक अग्रवालले भने, ‘इतिहासको गौरव र भविष्यप्रतिको विश्वासका साथ हामी दुई पाङ्ग्रे सवारीसाधनको नयाँ युग निर्माणमा अगाडि बढिरहेका छौं । हामी सबै यामाहा प्रयोगकर्ता, शुभचिन्तक, साझेदार र सरोकारवालालाई सँगै मिलेर यो विशेष दिनलाई अझ विशेष बनाउन आह्वान गर्दछौं ।’

प्रकाशित मिति : १८ असार २०८२, बुधबार ११:१३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।