Logo

अर्थ

बचत खातामा दिँदै आएको बीमा सुविधा स्थगित गर्दै कुमारी बैंक



काठमाडौं । कुमारी बैंकले आफ्ना विभिन्न बचत खातामा दिँदै आएको बीमा सुविधा रोक्ने भएको छ । बैंकले आफ्ना केही विशेष बचत खातामा दिँदै आएको बीमा सुविधा आगामी आर्थिक वर्षको श्रावण ३१ गतेपछि स्थगित गर्ने भएको हो ।

बैंकले लामो समयदेखि परिवार सुरक्षा बचत खाता, कुमारी प्रिमियम तलब खाता, कुमारी रेमिट प्रिमियम खातालगायत विभिन्न खातामा बीमा सुविधा प्रदान गर्दै आएको थियो । यी खाताहरूमा ७ लाखदेखि २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गर्दै आएको थियो । यी खाताहरूमा भने बीमा सुविधा यथावत् राख्ने भएको छ ।

त्यसबाहेक अन्य खाताहरूमा २०८२ श्रावण ३१ गतेपछि बीमा सुविधा कायम नहुने भएको छ । यस्तै यही असार १७ गतेपछि खोलिएका नयाँ खातामा बीमा सुविधा समावेश नगरिने समेत बैंकले जनाएको छ ।

तर, यसअघि बीमा सुविधामा समावेश भइसकेका ग्राहकहरूले आगामी साउन ३१ गतेसम्मको स्वास्थ्य उपचारको बिल बैंक समक्ष दाबी गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार १४:४५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।