Logo

अर्थ

बैंकमा लगानी गर्नेहरू १०० रुपैयाँको सेयर ४० मै बेच्न तयार छन् : विनोद चौधरी



काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले बैंकमा लगानी गर्नेहरू आफ्नो १०० रुपैयाँको सेयर ४० मै बेच्न तयार रहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बिहीबार (असार १९) उनले बैंकर र व्यवसायी छुट्टिनुपर्ने भए पनि हाल त्यो स्थिति नरहेको उल्लेख गरे ।

‘बैंकमा लगानी गर्नेहरू अहिले निरुत्साहित छन् । १०० रुपैयाँको सेयर ४० रुपैयाँमै बेच्न खोज्दै छन् ।’ उनले भने ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पुनर्लेखन गरिनुपर्नेमा उनले जोड दिए ।

उनले वर्तमान अर्थतन्त्र सुस्त रहेको र बैंकहरुले पर्याप्त लगानी गर्न नसकेको बताउँदै बैंकर्स र उद्योगीहरूको मनोबल सुधार्न आवश्यक रहेको उल्लेख गरे । ‘लगानी भएर मात्र उद्योगीले पैसा लिन्छन् भन्ने भ्रम हटाउनुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १४:१५   :  बजे

372
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।