Logo

अर्थ

तीन दिनमा प्रतितोला ४ हजार बढ्यो सुन, आज कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । सुनकाे मूल्य आज ४ सय रुपैयाँले बढेको हो ।

तीन दिनमा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १४५ रुपैयाँ रहेको चाँदी आज २ हजार १७० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १४:२९   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।