Logo

अर्थ

सिद्धार्थ बैंकको ऋणपत्र असार २९ देखि खुल्ने



काठमाडौं । सिद्धार्थ बैंकले असार २९ देखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ ।

१० वर्षे अवधिको यस ऋणपत्र २ अर्ब ५० करोड रुपैयाँ बराबरको छ । जसमा १ अर्ब रुपैयाँको ऋणपत्र सामूहिक लगानी कोष र सर्वसाधारणका लागि छुट्याएको छ । न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७.२५ प्रतिशत ब्याज पाउने छन् । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशतसम्मको ब्याज दिँदै आएका छन् ।

ऋणपत्रमा छिटोमा असा ३२ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा साउन ११ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार १०:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।