Logo

अर्थ

नाडा अटो शो २०२५ को स्टल बाँडफाँड, ७० बढी स्टल रहने



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ‘नाडा अटो शो २०२५’ का लागि स्टल एलोकेसन सकिएको छ । नाडाले आयोजना गर्न लागेको नाडा अटो शो आगामी भदौ ३ देखि ८ सम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

नाडाकाअनुसार अटो शो मा चार पांग्रे सवारीका १८ वटा स्टल, दुई पांग्रेको ४ वटा, लाइट कर्मर्शियल भेहिकलका १३ वटा र अटो कम्पोनेन्टहरुका ४० वटाभन्दा बढी स्टल रहने छन् ।

यो संस्करणमा मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद), इटेरी, क्याफेलगायत विशेष आकर्षण हुनेछ । नाडा अटो शो को टाइटल स्पोन्सर एमएडब्ल्यू ग्रुप अफ कम्पनी रहनेछ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार १२:२३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।