Logo

अर्थ

बन्दीपुर केबलकारले पायो आईपीओ निष्काशनको अनुमति



काठमाडौं । बन्दीपुर केबलकारले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीलाई आईपीओ जारी गर्न बिहीबार स्वीकृति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरको ५८ करोड ६० लाख रुपैयाँबराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी’ रेटिङ दिएको छ ।

बन्दीपुर केबलकारको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हो ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार १२:३०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।