काठमाडौं । आइतबार सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य तोलामा ११ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन २ हजार २२० रुपैयाँ रहेको चाँदी आज २ हजार २८५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।




















प्रतिक्रिया