Logo

अर्थ

नबिल बैंकले निष्कासन गर्यो ३ अर्ब रुपैयाँको ऋणपत्र, मुद्दती निक्षेपभन्दा बढी ब्याज पाइने



काठमाडौं । नबिल बैंकको ८ वर्षे अवधिको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । यो ऋणपत्रका लगानी गर्नेले मुद्दती निक्षेपमा भन्दा बढी ब्याज पाउने छन् । नबिल बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा पाउने अधिकतम ब्याजदर हाल ५.५० प्रतिशतमा झरेको छ ।

यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याज पाउने छन् । ८ वर्षपछि साँवा फिर्ता हुने बैंकले जनाएको छ ।

‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक यस ऋणपत्रमा सर्वसाधारणले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

 

 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार १०:३९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।