Logo

अर्थ

अण्डाको मूल्य हालसम्मकै उच्च



काठमाडाैं । चितवनमा अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् ।

नेपाल लेयर्स कुखुरापालक संघकाअनुसार आजदेखि लागू हुने नयाँ दररेट अनुसार ठूलो अण्डाको मूल्य प्रति क्रेट (३० वटा) रु ५२५ र मध्यम अण्डाको रु ४९५ कायम गरिएको छ ।

चितवनलाई आधार मानी देशभरका लागि दररेट तय गरिएको हो। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य प्रतिपेटी (सात क्रेट)को रु तीन हजार ८५५ र मिडियमको रु तीन हजार ६४५ कायम गरिएको छ ।

अध्यक्ष पोखरेलका अनुसार यसअघि गत वर्षको भदौमा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु पाँच सय १० पुगेको थियो । उनले भने, “हालसम्मकै उच्च रेट अण्डाको कायम भएको छ ।” यससँगै किसानले लागत मूल्य पाएको उनले बताए । अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार १३:१६   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।