Logo

प्रमुख समाचार

असन्तुष्ट भएका सभापति देउवालाई कोइरालाले प्रस्ट पारेः गठबन्धनमा तलमाथि हुन्न



काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाको गतिविधिलाई लिएर असन्तुष्ट भएका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनमा तलमाथि नहुने प्रस्ट पारेका छन् ।

बीपी स्मृति दिवसका अवसरमा बीपी सहकारी अस्पतालले आयोजना गरेको कार्यक्रममा एउटै मञ्चमा रहेका कोइरालालाई मंगलबार देउवाले गठनबन्धन विकल्प सोच्ने पक्षमा आफू नरहेको बताएका हुन् ।

सार्वजनिक रुपमा बोल्दा पनि देउवाले त्यही कुरा दोहोर्‍याएका थिए । ‘म अहिले धोका दिने पक्षमा छैन, गठबन्धन परिवर्तन गर्ने पक्षमा छैन,’ देउवाको भनाइ थियो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग राजनीतिक भेटघाट गरेका कोइरालाले दुई दिनअघि मात्रै पार्टीभित्रका आफ्ना समूहका मन्त्री र सांसदहरुको भेला आयोजना गरेका थिए ।

देउवा निकट स्रोतका अनुसार कोइरालाले ओली नेतृत्वको सरकारको एक वर्षमा भ्रष्टाचार व्याप्त भएको, राजनीतिक बेथिति बढेको र राजनीतिक नियुक्तिहरूमा एकलौटी भएको भन्दै विकल्प खोज्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार २०:५६   :  बजे

498
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।