Logo

अर्थ

निफ्राको नाफासँगै घट्यो प्रतिसेयर आम्दानी



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा १३. ८५ प्रतिशत घटेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तो नाफा अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ थियो । कम्पनीको वितरणयोग्य नाफा १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ छ ।

खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष २ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ८९ करोडमा झर्‍यो ।

त्यस्तै बैंकले यो पटक लोनलस प्रोभिजनवातको ४ करोड ४२ लाख रुपैयाँ फिर्ता ल्याउन सफल भएको छ । सीडी रेसियो ६५. २५ प्रतिशत छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३० पैसा छ । प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २८ पैसा छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार १०:२६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।