काठमाडाैं । नेपाल बीमा प्राधिकरणकी महिला संचालक राधा पोखरेलले राजीनामा दिएकी छिन् । स्वास्थ्य समस्याका कारण बैठकमा सहभागी हुन नसक्ने भन्दै उनले प्राधिकरणको सञ्चालक पदबाट राजीनामा दिएकी हुन् ।
पोख्रेलले गत सोमबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएकी हुन् । तर, राजीनामा स्वीकृत भएको नभएको विषयमा जानकारी आएको छैन ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयबाट पोखरेललाई चैत १ गतेदेखि लागू हुने गरी प्राधिकरणको विज्ञ महिला सदस्यमा नियुक्त गरेका थिए ।
बीमा ऐन, २०७९ ले पाँच सदस्यीय प्राधिकरण सञ्चालकमा एक जना महिला हुनुपर्ने व्यवस्था गरेको छ ।




















प्रतिक्रिया