Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६.५ प्रतिशत बढेको हो । बैंकले गत आर्थिक वर्षमा ५३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५० करोड ४२ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी अघिल्लो वर्षमा १ अर्ब ९० करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ८८ करोड छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ १० पैसा छ ।

वार्षिक रिटर्न अन इक्वीटी ९.७७ प्रतिशत छ । निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्ष ३.९३ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ५.६४ प्रतिशत छ।

बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार १०:२२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।