Logo

अर्थ

दोर्दी खोला जलविद्युको अवितरित हकप्रद सेयर बाँडफाँड



काठमाडाैं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडकोको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ ।

कम्पनीले गत असार २४ गतेदेखि ३२ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ९३ हजार ६२९ कित्ता सेयर साउन ७ गते बाँडफाँड भएको हो । उक्त सेयरको गोप्य शिलकन्दी बोलपत्र साउन ५ गते खोलिएको थियो ।

बाँडफाँडको अन्तिम मूल्य (कटअफ मूल्य) २८३ रुपैयाँ रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी साउन ९ गतेदेखि हुनेछ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार १०:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।