काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२ को विन्दुमा कायम भएको छ ।
आज १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको मूल्य घटेको छ ।
आज १८ अर्ब ४९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ७७ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ७१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको ६६ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्रिन भेञ्चरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ४.२२ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया