Logo

अर्थ

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप



काठमाडाैं । नबिल बैंक लिमिटेडको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले गत साउन ६ गतेदेखि जारी गरेको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्रमा खरिद आवेदन दिने समयावधि थप गरिएको हो ।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते बैंकिङ समयपछि हुने जनाइएको थियो । तर मागबमोजिम आवेदन नपरेकाले अब साउन २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।

कुल निष्कासनमध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार १२:००   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।