Logo

प्रमुख समाचार

प्रधानमन्त्रीबाट तराई-मधेसको सुक्खा क्षेत्र अवलोकन



महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेश प्रदेशको सुक्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् ।

नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही ७ साउनको बैठकले तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

शुक्रबार महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सोही अवसरमा हेलिकोप्टरबाट सुक्खाग्रस्त क्षेत्रको अवलोकन पनि गरेका हुन् ।

तस्वीरहरू : प्रधानमन्त्रीको सचिवालय


प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार १३:२४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।