Logo

प्रमुख समाचार

पत्रकार सम्मेलनमा विद्यादेवी भण्डारीले के–के भनिन्? (पूर्णपाठ)



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको बताएकी छन् । आज आयोजित पत्रकार सम्मेलनमा भण्डारीले आफ्नो सदस्यता यत्तिकै खारेज नहुने प्रष्ट पारिन् ।

उनले भनिन्, ‘मैले नवीकरण गरिसकेको सदस्यता हुलहुज्जत र उत्तेजनाको भरमा खारेज हुँदैन । यसको पनि प्रक्रिया हुन्छ ।’

यसैबीच उनले शुक्रबार आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको, राष्ट्रपति हुँदा भूमिका पूर्ण पूरा गरेको र अहिले पुन: राजनीतिबाटै जनतासँग जोडिन लागेको बताएकी छिन् ।

‘कुनै पदप्रति लालसा, महत्वाकांक्षा र आशक्ति ममा छैन । किनकी, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु,’ उनले भनेकी छिन्, ‘मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने नै हो। अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो ।’

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार १७:०५   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।