Logo

प्रमुख समाचार

मदन भण्डारीको तस्बिर र एमालेको चुनाव चिह्न राखेर विद्याले गरिन् पत्रकार सम्मेलन



काठमाडौँ । नेकपा एमालेको सक्रिय राजनीति गर्ने बाटो पार्टीले बन्द गरेपछि पूर्व राष्ट्रपति विद्या भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरेकी छन् ।
काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा भण्डारीले विशेष पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गरेकी हुन् ।
पत्रकार सम्मेलनमा मदन भण्डारीको तस्बिर र नेकपा एमालेको चुनाव चिह्न सूर्यअंकित ब्यानर राखियो भने जसमा जनताको बहुदलीय जनवाद जिन्दावाद र नेकपा एमाले जिन्दावाद लेखिएको थियो ।
पत्रकार सम्मेलनमा भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताइन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरिन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार २२:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।