काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्बको निक्षेप झिक्ने भएको छ । २८ दिनको अवधि रहनेगरी राष्ट्र बैंकले आइतबार सो बराबरको निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो ।
ब्याजदर बोलकबोलका आधारमा तय हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा व्त्तिीय संस्थाले १० करोड वा सोभन्दा माथि ५ करोडले भाग जाने जतिसुकै रकमको लागि बोलकबोल गर्नसक्ने जनाइएको छ ।




















प्रतिक्रिया