Logo

प्रमुख समाचार

कांग्रेस नवप्रवर्द्धनमार्फत सामाजिक रुपान्तरणको पक्षमा छ: देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवप्रवर्द्धनमार्फत सामाजिक रूपान्तरणको पक्षमा कांग्रेस उभिँदै आएको बताएका छन् ।

नेपाली कांग्रेस विज्ञान तथा सूचना प्रविधि विभागले आइतबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले आर्टिफिसियल इन्टेलिजेन्स लगाएत नयाँ प्रविधिबाटै मुलुकको विकासमा योगदान पुग्न सक्ने समेत बताए ।

उनले कांग्रेसले सूचना प्रविधिका माध्यमबाट आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्नका साथै बिशेषगरि जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि मैत्री नीति अपनाउने पक्षमा रहेको बताए ।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउन सके नेपाल धेरै अघि बढ्ने देउवाले विश्वास व्यक्त गरे । उनले घरघरमै इन्टरनेटको पहुँच, मोबाइल बैङ्किङ, डिजिटल शिक्षा,स्वास्थ्यसेवा र प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल र समावेशी बनाउँदै ल्याएको बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार २०:२८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।