Logo

अर्थ

नेपालमा एमसीसीको काम अब नरोकिने, अर्थ मन्त्रालयले पायो अमेरिकी पत्र



काठमाडाैं । अर्थ मन्त्रालयले नेपालमा एमसीसीअन्तर्गतका परियोजना निरन्तर हुने जानकारी अमेरिकाले दिएको बताएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै एमसीसीबाट जुलाई २४ तारिखमा पठाइएको पत्रमा ‘पुनरावलोकन कार्य सकिएको’ र ‘नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस’ गरिएको उल्लेख गरेको छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकारी आदेश अनुसार सन् २०२५ जनवरी २० सम्मका लागि एमसीसी कम्प्याक्टको कार्यान्वयन स्थगित गरिएको थियो । यसै आधारमा गत फागुन २२ गते एमसीसीले नेपाल सरकारलाई स्थगनसम्बन्धी जानकारी दिएको थियो ।

तर पछिल्लो पत्रमा भने नेपालका लागि कम्प्याक्ट अब अगाडि बढाउने निर्णय गरिएको बताइएको छ। अर्थ मन्त्रालयका अनुसार, यो निर्णयले नेपालको ऊर्जा प्रसारण प्रणाली र सडक पूर्वाधार विकास योजनाहरूलाई समयमै पूरा गर्न सघाउनेछ ।

एमसीसी कम्प्याक्ट अन्तर्गत नेपालमा हाल ३१५ किलोमिटर लामो प्रसारण लाइन र ७७ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १३:४२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।