Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, १९ अर्ब ३६ करोडकाे कारोबार



काठमाडौं । आज साताको दोस्रो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक २.०७ अंकले बढेर २९६२ को विन्दुमा कायम भएको छ ।

आज ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५६ कम्पनीको मूल्य घटेको छ ।

आज १९ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको ९२ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७६ करोड ९९लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.४९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १५:२८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।