Logo

अर्थ

प्रशोधन समूहतर्फ सागर डिस्ट्रिलरीलाई साधारण सेयर बिक्रीको अनुमति



काठमाडौं । उत्पादन तथा प्रशोधन समूहतर्फ सागर डिस्ट्रिलरी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्ष लागेसँगै बोर्डले पहिलोपटक सो कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति दिएको हो ।

बोर्डले सो कम्पनीलाई कूल १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार सो कम्पनीलाई सोमबार साधारण सेयर बिक्रीका लागि अनुमति दिइएको हो ।

साधारण सेयर बिक्रीका लागि कूल ७६ कम्पनी प्रतिक्षामा छन् । तीमध्ये ३७ वटा जलविद्युत् कम्पनी रहेका छन् । होटेल तथा पर्यटनतर्फ चार, विकास बैंक र फाइनान्स कम्पनी एक/एक वटा छन् ।

लगानी कम्पनीतर्फ तीन, उत्पादन तथा प्रशोधनतर्फ १८, माइक्रो इन्स्योरेन्सतर्फ तीन कम्पनी साधारण सेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा छन् । रासस

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार ०८:२६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।