Logo

अर्थ

एनएमबि बैंकले माथिल्लो सार्दी खोला आयोजनामा ४६ करोड लगानी गर्ने



काठमाडौं । एनएमबि बैंक र मन्दाकिनी हाइड्रोपावर कम्पनी जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।

मन्दाकिनीद्वारा प्रवर्द्धित कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित २.९ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न दुई पक्षबिच सोमबार समझदारी भएको हो । यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ ।

उक्त आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रहनेछ । त्यसमध्ये बैंकले ४६ करोड ३३ लाख २५ हजार लगानी गर्नेछ । सम्झौतामा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र मन्दाकिनीका प्रमुख कार्यकारी अधिकृत शरद कुमार दाहालले सम्झौतापत्र आदानप्रदान गरे ।

कार्यक्रममा सीईओ घिमिरेले आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेका थिए । मन्दाकिनीले यसअघि ४ मेगावाट क्षमताको आयोजना विकास गरिसकेको छ । २०७४ साल मङ्सिर २३ गतेदेखि व्यावसायिक उत्पादन भइरहेको छ ।

उक्त आयोजनामा समेत एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरणअन्तर्गत ऋण लगानी भइरहेको बैंकले जनाएको छ ।

एनएमबि बैंकले देशभर रहेका आफ्ना २०२ शाखा कार्यालय, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १२:२६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।