Logo

प्रमुख समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, आन्तरिक अन्तरविरोध समाधानमा केन्द्रित छलफल

प्रत्येक सदस्यलाई १५ मिनेटको समय



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक केन्द्रीय कार्यालय परिसडाँडामा सुरु भएको छ । बैठकको प्रारम्भमा सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा पेस गरेका छन् । एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

बैठकमा पछिल्लो समय पार्टीभित्र चर्किँदै गएको आन्तरिक अन्तरविरोध मुख्य छलफलको विषय बन्ने देखिएको छ । विशेषगरी अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको मतभेद सार्वजनिक रूपमै प्रकट भएपछि आजको बैठकलाई थप चासोपूर्वक हेरिएको छ।

पार्टी हेडक्वाटरको तर्फबाट अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गर्नेछन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई निरन्तरता दिनेबारे छलफल हुने, केन्द्रीय समितिको बैठकबारे मिति तय गर्ने गरी एजेण्डा बनाएको छ ।

यस्तै समाजवादी मोर्चालाई थप विस्तार गर्ने, संगठन निर्माण, कार्यविभाजन र आन्तरिक एकतालाई सुदृढीकरण गर्ने, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप, संसदमा विचाराधीन विधेयक, जनजीविका लगायत समसामयिक प्रस्ताव तयारसम्बन्धी एजेण्डा बनेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार १३:३५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।