काठमाडौं । प्रहरीले सप्तरीमा गोली चलाएको छ । प्रहरीले हवाइफायर गरेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय छन् ।
उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको प्रहरीले बताएकाे छ । प्रहरीका अनुसार उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।




















प्रतिक्रिया