Logo

प्रमुख समाचार

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश



काठमाडौं । उच्च अदालत, पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाएको घटनामा थुनामा रहेका प्रसाईँलाई उच्च अदालतले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश टंक गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालतको आदेश उल्टाएको हो । जिल्ला अदालत, काठमाडौंको आदेशअनुसार उनी डिल्लीबजार कारागारमा छन् ।

त्यस्तै, उनीविरुद्धको बैङ्किङ कसुर मुद्दामा पनि २५ हजार धरौटी माग भएको छ । बैङ्कको कर्जा अपचलनको आरोपमा उनीविरुद्ध १८ करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो ।

उच्चका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको इजलासले सो बैङ्किङ कसुर मुद्दामा धरौटी माग गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार २१:३४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।