काठमाडौं । दुई फरक मुद्दामा फसेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ ।
महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय पाटनलाई निर्देशन दिएको हो ।
कार्यालयका प्रवक्ता उद्धव पुडासैनीका अनुसार ‘दुवै आदेश न्यायको मान्य सिद्धान्त र कानूनी व्यवस्था विपरीत रहेको हाम्रो निष्कर्ष हो । यस्तो आदेशले विधिको शासनलाई प्रवर्द्धन गर्दैन भन्ने ठहरका साथ हामी सर्वोच्च अदालत जाने भएका हौं ।’
त्यसका लागि आदेश र अरु फाइल अध्ययन गरी राय पेश गर्न महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएको थियो ।
१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई उच्च अदालत पाटनले आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।




















प्रतिक्रिया